समाज


पचासभन्दा बढी ह्वेल माछा समुन्द्र किनारमा मृत भेटिए

पचासभन्दा बढी ह्वेल माछा समुन्द्र किनारमा मृत भेटिए

नेपालखबर
साउन ५, २०७६ आइतबार ७:५४,

आइसल्यान्डको समुन्द्र किनारमा पचासभन्दा बढी ह्वेल माछा मृत भेटिएका छन्। मृत ह्वेल माछाहरु पाइलट ह्वेल प्रजातिको भएको बताइएको छ।

हेलिकप्टरमा भ्रमणमा निस्केका बेला पाइलट डेभिड स्वार्जन्सले बिहीबार ह्वेल माछाहरु समुन्द्रको किनारमा मृत भेटेका थिए।

त्यसपछि उनले हेलिकप्टर रोकेर तस्बिरहरु खिचेका थिए। ह्वेला माछाहरु कसरी समुन्द्र किनारमा आए भनेर अझै खुल्न सकेको छैन।

डेभिडले फक्स न्युजसँग भने,‘हामी भ्रमणमा निस्किएका थियौं। त्यसबेला सिल, डल्फिन र ह्वेलजस्ता धेरै समुन्द्री जनवार किनारमा देख्यौं। त्यसपछि हामी हेलिकप्टरबाट ओर्लियौं। त्यहाँ कम्तिमा ६० वटा ह्वेल मरेका रहेछन्। माटोले उनीहरुको पखेटा पुरिएका थिए।’

Dead pilot whales on Iceland beach

समुन्द्री जीवविज्ञानका विज्ञ एडा इलिसाबेट मग्नुसडोटिर भन्छिन्,‘पाइलट ह्वेल प्रजातिमा नजिकै रहेर पौडने बानी हुन्छ। जसले कुनैबेला समुन्द्रको छालले उनीहरुलाई एकैपटक किनारमा पुर्याउँछ। त्यसपछि उनीहरको सामुहिक मृत्यु हुन्छ।’

गत नोभेम्बरमा न्युजिल्यान्डमा पाइलट प्रजातिका १४५ ह्वेलको एकैपटक मृत्यु भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad