युवा गायक रुबेन अवालेको आवाजमा ‘तिमी बिना’ सार्वजनिक भएको छ।
कुसुम मिडिया क्रियशन प्रालिको गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो। रोशिकले निर्देशन गरेको गीतमा प्रेम बियोगलाई भिडियो कथामा देखाउन खोजिएको छ।
मिलन खड्का र रितु पौडेलेको अभिनय रहेको ‘तिमी बिना’मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम वियोगको बेदनालाई उसको दिनचर्या मार्फत बिर्सने प्रयास र अझ विगतले उसलाई पछ्याइरहेको बर्तमानको दृश्यहरु भिडियोमा अटाउन खोजिएको छ।
युवा पुस्तामा हुने गरेका प्रेम बिलापपछिको पिडालाई गायक रुबेन अवाले लेख्ने कोसिस गरेका छन्। गीतको संगीत संयोजन पनि अवाले आफैँले गरेका छन् भने सङ्गीत सोल साउण्डको र साउन्ड मिक्सिङ्ग भने जोल मुक्तानले गरेका छन्।
भिडियोको प्रोडक्सन ब्यवस्थापन सुप्रिया महर्जन सापकोटाले गरेकी छिन् भने भिडियोको बजार व्यवस्थापन केशव रोक्का र हिम सागर बामले गर्दै आएका छन्।
Shares

प्रतिक्रिया