कारोबार


मन्त्रालयले बनायो ‘सीमित नियमित हवाइ उडानको मापदण्ड’, के छ मस्यौदामा?

मन्त्रालयले बनायो ‘सीमित नियमित हवाइ उडानको मापदण्ड’, के छ मस्यौदामा?

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १२:४,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘सीमित नियमित हवाइसम्बन्धी मापदण्ड–२०७७’ मस्यौदा तयार पारेको छ। हवाइ उडानसम्बन्धी मस्यौदा आइतबार वा सोमबार मात्रै पास हुने मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

मापदण्डमा पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र पेश गरे नेपाल आउन दिने गरी बनाइएको छ।

नियमित उडानमार्फत नेपाल आइसकेपछि सुरुको ७ दिन होटल क्वारेन्टिनमा र १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ।

हवाइ मापदण्ड तयार गर्ने क्रममा तत्काल विदेशबाट नेपालीलाई आउन दिए पनि पर्यटकलाई भने भिसा नदिने गरी छलफल भएको ती अधिकारीले नेपालखबरलाई जानकारी दिए।

नेपालमा कोरोनाको संक्रमण बढिरहेकाले पर्यटक ल्याउन नहुनेमा सरकारी अधिकारी सहमत भएका छन्।

उनका अनुसार बिहीबार पर्यटन, परराष्ट्र, गृह र स्वास्थ्य मन्त्रालयबीच विदेशी पर्यटकलाई तत्काल अनअराइभल भिसा नदिने विषयमा छलफल भएको थियो।

सरकारले भदौ १ देखि नियमित उडान गर्ने भने पनि पछिल्लो समय कोरोना संक्रमित बढेकाले केही दिन पर सार्ने विषयमा समेत छलफल गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .