ad ad

कला


सुशान्तलाई फिल्मबाट निकाल्ने भन्सालीसँग प्रहरीको ३ घण्टा सोधपुछ

सुशान्तलाई फिल्मबाट निकाल्ने भन्सालीसँग प्रहरीको ३ घण्टा सोधपुछ

नेपालखबर
असार २३, २०७७ मंगलबार १०:२,

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा निर्देशक सन्जय लिला भन्सालीसँग मुम्बई प्रहरीले ३ घण्टा सोधपुछ गरेको छ। 

सुशान्तले गत जुन १४ मा आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए। सोही सिलसिलामा अनुसन्धानका क्रममा प्रहरीले सोमबार भन्सालीसँग सोधपुछ गरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले भन्सालीलाई ‘राम लीला’ तथा ‘बाजीराव मस्तानी’ फिल्मबाट सुशान्तलाई निकाल्नुको कारण सोधेको थियो।

जवाफमा भन्सालीले त्यसबेला सुशान्तको पूरा ध्यान यशराज प्रोडेक्सनको फिल्म ‘पानी’ मा भएका कारण उनले समय दिन नसकेका हुन्।

भन्सालीले आफूले सुशान्तलाई फिल्मबाट निकालेको नभई सुशान्तले नै एक पटकमा दुई फिल्म खेल्न असम्भव भएको बताएका थिए।

सुशान्त आत्महत्या प्रकरणमा प्रहरीले सुशान्तकी गर्लफ्रेन्ड रिया चक्रवर्तीसँग यसअघि नै सोधपुछ गरिसकेको छ। एजेन्सी।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .