ad ad

कला


बलिउडमा कैटरिनाका १६ वर्षः कति सफल, कति असफल?

बलिउडमा कैटरिनाका १६ वर्षः कति सफल, कति असफल?

नेपालखबर
असार ३०, २०७६ सोमबार १२:३९,

स्टार अभिनेत्री कैटरिना कैफले बलिउड प्रवेश गरेको १६ वर्ष पूरा भएको छ। १६ वर्षको अवधिमा उनले सफलता असफलता दुवैको स्वाद लिइन।

१६ वर्षको उनको अनुभवले के बताउँछ भने बलिउडमा टिक्नका लागि  साहfस र कठोरता हुन जरुरी छ।

उनले भनेकी छन्, ‘यहाँ सधैँ सजिलो छैन। फिल्म उद्योगमा जमिरहनका लागि साहस र कठोरता आवश्यक छ। यो एक अप्रत्यासित क्षेत्र हो र यहाँ सफलताको कुनै ग्यारेन्टी कसैले पनि दिन सक्दैन।’ उनले आफूले सफलतालाई शिरमा चढाउन र असफलतातर्फ मनै नलागाउने गरेको उनी बताउँछिन्।

कैटरिनाले २००४ मा बलिउडमा प्रवेश गरेकी थिइन्। उनको पहिलो फिल्म ‘बूम’हो। यो फिल्म असफल बनेको थियो। यसपछि उनले संघर्ष गरेर आफूलाई एक सफल अभिनेत्रीका रुपमा स्थापित गरिन्। ‘मैने प्यार क्यु किया’, नमस्ते लण्डन’, ‘सिंङ इज किङ’, ‘न्युयोर्क’, ‘एक था टाइगर’, ‘जब तक है जान’, ‘टाइगर जिन्दा है’ लगायतका चलचित्रमा निर्वाह गरेको भूमिकाले उनलाई बलिउडकी स्टार अभिनेत्रीका रुपमा स्थापित गरायो।

उनले १६ वर्षको आफ्नो यात्रा एकदमै सुन्दर रहेको र दर्शकबाट धेरैभन्दा धेरै माया पाएको बताएकी छन्।

उनले सफलता हात पार्नका लागि दीर्घकालीन सोचाइ आवश्यक रहेको बताएकी छन्। ‘म हरेक कुरालाई धेरै विश्लेषण गर्दिनँ। अतितका बारेमा सोच्न भन्दा भविष्य देख्न मन पराउँछु र विश्वास गर्छु कि अब पनि सुन्दर समय आउन बाँकी छ’, उनले भनेकी छन्।

kaitrina

आफ्नो करिअरको यात्रामा उनले थुप्रै उतारचढाव भोगिन्। आज उनी बलिउडका सफल र धेरै कमाइ गर्ने अभिनेत्रीको सूचीमा छिन्। उनले आफूले निर्वाह गरेका भिन्न भिन्न भूमिका र कठोर परिश्रमका कारण यो सफलता पाएको दावी गर्छिन्।

अभिनयले मात्रै नभएर कुशल नृत्यका कारण पनि उनले बलिउडमा आफ्नो स्थान सुरक्षित गर्न सफल भइन्। उनले ‘अग्नीपथ’ चिकनी चमेली, ‘तीस मार खान’मा शीला कि जवानी र ‘धूम–३’मा कमली बोलको गीतमा गरेको नृत्य एकदमै रुचाइएको थियो।

१६ जुलाई अर्थात भोलि उनको जन्म दिन हो। आफ्नो जन्म दिनको सेलिब्रेसन गर्न अहिले मेक्सीकोमा रहेकी उनी बलिउडमा फिल्म निर्माण गर्ने सोचमा रहेको बताउछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .