कला


जब गीतको सुटिङका क्रममा ऐश्वर्याको कानबाट रगत आयो...

 जब गीतको सुटिङका क्रममा ऐश्वर्याको कानबाट रगत आयो...

नेपालखबर
असार २८, २०७६ शनिबार ७:११,

 सञ्जयलीला भन्सालीको फिल्म ‘देवदास’ थुप्रै हिसाबले ऐतिहासिक फिल्म मानिन्छ। यो फिल्म बनेको १७ वर्ष पूरा भएको छ।

 फिल्मका कारकार त प्रभावशाली नै थिए साथमा भव्य र विशाल सेट र सिनेमाटोग्राफीले यो भन्सालीको महत्वाकांक्षी प्रोजेक्ट थियो भन्ने स्पष्ट हुन्छ।

फिल्मको सुटिङका लागि ४२ जेनेरेटर प्रयोग गरिएको थियो। त्यो बेला सुटिङका लागि जम्मा २–३ जेनेरेटर प्रयोग गर्ने प्रचलन थियो।

यो फिल्ममा २५ सय बत्ति र ७०० कामदार परिचालन गरिएको थियो। फिल्ममा धेरै जेनेरेटरको प्रयोग भएपछि त्यसले मुम्बइमा हुने विवाहरुमा समेत प्रभाव पारेको बताइन्छ।

फिल्ममा चन्द्रमुखीको कोठाको मूल्य १२ करोडको थियो। चन्द्रमुखीको भूमिकाका लागि एक घाँघर चोली चर्चित डिजाइनर अबु जानी र सन्दीप खोसालाले तयार गरेका थिए। यो ड्रेसको वजन ४० किलो थियो। माधुरीले धेरै प्रयास गर्दा पनि यो लुगा लगाएर शास्त्रीय नृत्य गर्न सकिनन्। उनले यसको सट्टा १६ किलोको लुगा लगाएर आफ्नो प्रस्तुति दिएकी थिइन्।

फिल्मको गीत ‘डोला रे डोला’ लेखनमै एक हप्ता लगेको बताइएको छ। सञ्जय चाहन्थे कि यो गीत स्पेशल गीत बनोस् भन्ने किनभने यो गीतमा माधुरी र ऐश्वर्याजस्ता बलिउडका सबैभन्दा
स्टार हिरोइनले प्रस्तुति दिनेवाला थिए। यो गीतको सुटिङका क्रममा ऐश्वर्या रायको कानबाट रगत बगेको थियो किनभने  गीतको सुटिङका लागि बढी तौल भएको इयररिंग लगाएकी थिइन्। उनी कानमा रगत आएको कुरा थाहा नै नपाइकन नाची रहिन। सुटिङ जारी रहने समयसम्म यसका बारेमा उनलाई कसैले पनि बताएन्।

यो फिल्म ५० करोड लगानीमा बनेको हो, आज भन्दा १७ वर्षअगाडि यो बजेट एकदमै ठूलो बजेट मानिन्थ्यो। माधुरी र ऐश्वर्याका प्रत्यक लुगाकाको बजेट १०÷१५ लाख थियो भने फिल्मको सेटका लागि मात्रै २० करोड खर्च गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .