अमेरिकी सवारीसाधन निर्माता फोर्डले पुनः मानव इन्जिनियरहरुलाई जागिर लगाएको छ। कृत्रिम बुद्धिमत्ता (एआई)को सीप र अनुभवले काम नगरेपछि केही इन्जिनियर पुनः हायर गरेको कम्पनीले जनाएको हो।
बीबीसीका अनुसार प्रविधिको भरपूर फाइदा लिने कम्पनीहरुको महत्त्वाकांक्षामा यसले चुनौती देखाएको हो। कम्पनीले लागत कटौती र उत्पादन बढाउन मानव रोजगारी कटौती गर्दै एआईमा निर्भरता बढाएको थियो। आफ्ना सञ्चालन व्यवसायहरुका केही अंगहरुमा एआईबाटै गुणस्तरीयता परीक्षणसम्मको काम सुरु भएको थियो।
तर यसका कार्यकारीहरुले ३०० बढी अनुभवी गुणस्तरीयता निरीक्षकहरु पछिल्ला वर्षमा हायर गरेको जनाएको छ।
‘एआई भनेको राम्रो साधन हो तर यसमा तपाईं जति सूचना प्रयोगका लागि तालिम दिनुहुन्छ त्यतिसम्म मात्र यसले राम्रो काम गर्न सक्छ’, फोर्डका सवारी हार्डवेयर इन्जिनियरिङतर्फका उपाध्यक्ष चार्ल्स पुनले भने।
सुरुवाती वर्षहरुमा एआईका काममा त्यति ध्यान नदिएको उनको भनाइ छ। उनका अनुसार उच्च ज्ञाता इन्जिनियरहरुको अनुभव प्रयोग गर्नुपर्ने निष्कर्षमा कम्पनी पुगेको हो।
स्वचालित टुलहरुमा अनुभवी प्राविधिकहरुको विज्ञता र तालिमको अभाव खट्किएको पुनको भनाइ छ। बीबीसीबाट
Shares

प्रतिक्रिया