ad ad

कला


कोरोना पोजिटिभ देखिएपछि बलिउड अभिनेता किरणकुमार होम क्वारेन्टिनमा

कोरोना पोजिटिभ देखिएपछि बलिउड अभिनेता किरणकुमार होम क्वारेन्टिनमा

नेपालखबर
जेठ ११, २०७७ आइतबार १०:१,

बलिउड अभिनेता किरण कुमारकाे कोरोना परीक्षणको  रिपोर्ट पोजेटिभ आएको छ।

हालै गरेको उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी अहिले होम क्वारेन्टिनमा बसेका छन्

 उनले आफूमा कोरोना संक्रमणको केही लक्षण नदेखिए पनि रिपोर्ट भने पोजेटिभ आएको प्रतिक्रिया दिएका छन्।

‘म एकदमै ठिक छु ममा कोरोनाका कुनै लक्षण नै छैनन्’, उनले भनेका छन्, ‘१४ मे मा स्वास्थ्य जाँचका लागि अस्पताल गएको थिए। त्यही समयमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।’

उनले अहिले पनि आफूमा ज्वरो, खोकी लगायतका कुनै पनि लक्षण देखिए पनि आफू होम क्वारेन्टिनमा बसेको जानकारी दिए।

‘स्वास्थ्य जाँच गरेको १० दिन भयो, अहिले पनि ममा कुनै लक्षण छैन’, उनले भने, ‘म परिवारभन्दा भिन्न बस्दै आएको छु।’ उनले २६÷२७ मे मा आफ्नो दोस्रो नमूना परीक्षण हुने बताएका छन्।

यसअघि बलिउडकी गायिका कनिका कपुर, चेन्नइ एक्स्प्रेसका निर्माता करिम मोरानी र उनका दुई छोरीहरु शजा र जोआ मोरानीमा पनि कोरोना पोजेटिभ देखिएको थियो।

किरण बलिउडका चर्चित अभिनेता हुन्। ६० को दशकबाट करिअर सुरु गरेका उनको पहिलो फिल्म ‘लब इन सिम्ला’ अपराधी, मिस्टर रोमियो, सौदागर, कातिल, गंगा तेरे देशमे, ए है जलबा, धडकन, मुझसे सादी करोगी लगायतका चलचित्रमा उनको अभिनय रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .