सिन साओवी नाम दिइएको महिलाको रुप भएको समाचार वाचकले हिँडडुल गरेरै समाचार भन्नसक्ने चिनियाँ संचारमाध्यमले जनाएका छन्।
समाचार संस्था सिन्ह्वाले यस थ्रीडी समाचार वाचकलाई प्रयोगमा ल्याउनेछ। समाचार भन्दा यसले मानिसलेजस्तै हाउभाउको प्रदर्शनी गर्ने पनि जनाइएको छ।
सन् २०१८ मै चीनले आर्टिफिसियल इन्टिलिजेन्स प्रविधीबाट रोवोटिक समाचार वाचकको निर्माण गरेको थियो। त्यसबेलाको समाचार वाचकले भने हिँडडुल गर्न सक्दैनथ्यो।
प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को मारेको चीनले आफ्नो प्राविधिक उत्पादनले विश्वलाई नै चकित बनाउँदै आएको छ। एजेन्सी
Here comes Xin Xiaowei, the world's first 3D #AINewsAnchor.
Jointly developed by Sogou and Xinhua News Agency, she will report for Xinhua News Agency on the #TwoSessions, creating a new and dynamic viewing experience. pic.twitter.com/5Tok2Mm3Pl
प्रतिक्रिया