कला


फिल्म ‘मन विनाको धन-२’ मा महेश त्रिपाठी अनुबन्धित

फिल्म ‘मन विनाको धन-२’ मा महेश त्रिपाठी अनुबन्धित

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १७:४९, काठमाडौँ

टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन-२’मा महेश त्रिपाठी अनुबन्धित भएका छन्। 

महेशको भूमिका फिल्ममा के हो भन्ने खुलेको छैन। तर, एउटा पारिवारिक र सामाजिक कथामा फिल्म बनाउने तयारी टंकको छ।

यसअघि यो फिल्ममा नायिका पूजा शर्मा अनुबन्धित भइसकेकी छन्। फिल्ममा पूजा र महेशको जोडी बाधिने हो या होइन भन्ने विषयमा निर्माणपक्षले केही खुलाएको छैन। 

फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ। अहिले, शिवमले फिल्मको कथा लेखिरहेका छन्। फिल्ममा कथा र संगीत पनि टंककै रहनेछ।

टंकले फिल्मको सबै पात्रमा नाम चलेका र दर्शकले रुचाएका कलाकारलाई अनुबन्धित गर्ने योजना रहेको सुनाए। टंक बुढाथोकी फिल्मस्को व्यानरमा यो फिल्म बन्न लागेको हो।

यो फिल्मलाई विष्णु माया मैनालीले निर्माण गर्नेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad