नेपालका प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा फिल्म ‘गौँथली’ बन्ने भएको छ। निर्माणटिमले वितरकहरू फाइनल गरेसँगै फिल्मको पोस्टर सार्वजनिक गर्दै साउन १ गतेलाई प्रदर्शन मिति तोकेको हो।
रिजालको कथामा झण्डै दुई दशकअघि ‘गौँथली’ निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल भएको थियो। अहिले सोही विरासतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै यो फिल्म आउँदैछ।
यो चलचित्रलाई डा. कपिल रिजालको निर्देशन रहेको छ। यसअघि उनले अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर चलचित्र ‘ह्यारीकी प्यारी’ बनाएका थिए ।
यस फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्। 'गौथली' को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यतासँग जोडिएको निर्माण पक्षले जनाएको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा रहेका छन् ।
फिल्ममा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पार्श्व संगीत एलिस कार्कीको छ। हरि हुमागाईंले खिचेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।
Shares

प्रतिक्रिया