कला


जेन–जी आन्दोलनको विद्रोही स्वरलाई समेट्दै बफिन्स ९८’ले ल्यायो ‘हाम्रो आवाज– नयाँ नेपाल’

जेन–जी आन्दोलनको विद्रोही स्वरलाई समेट्दै बफिन्स ९८’ले ल्यायो ‘हाम्रो आवाज– नयाँ नेपाल’

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १५:१५, काठमाडौँ

पोखरेली सांगीतिक समूह ‘बफिन्स ९८’ले जेनजी पुस्ताको आन्दोलन र विद्रोहलाई समेटेर ‘हाम्रो आवाज( नयाँ नेपाल’ ल्याएको छ।यस म्युजिक भिडियोले विशेषगरी २०८२ साल भाद्र २३ गते देशैभरका युवाहरूले परिवर्तनको खातिर उठाएको बुलन्द आवाज र सडक संघर्षलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। 

बढ्दो भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धलगायतका सरकारी कदमको विरोधमा उत्रिएका युवाहरूको कथालाई यस गीतले मुख्य विषयवस्तु बनाएको छ।

सरकारले नागरिकका असन्तुष्टिलाई नजरअन्दाज गरेपछि स्वतःस्फूर्त रूपमा सडकमा आएका जेनजी पुस्तामाथि भएको निर्मम दमन, अन्धाधुन्द गोली प्रहार र त्यसबाट दर्जनौं युवाले ज्यान गुमाउनुपरेको तथा घाइते भएको कारुणिक यथार्थलाई गीतको पृष्ठभूमिमा छ।

 ‘म काठमाडौंको धूलोमा लुकेको चिठी हुँ, त्यो चिठी जो कहिल्यै पढिएन’ जस्ता मार्मिक शब्दहरूमार्फत व्यक्त गरिएको छ। दुइ दशकदेखि प्रवासमा रहेका गायक सञ्जीव यसअघि पनि ‘हाम्रो देश नेपाल’, ‘म मरे पनि’, ‘रुँदै छ कर्णाली भूमि’, ‘जब घामको पहिलो झुल्का’ र ‘बरबरी आँसु’ जस्ता दर्जनौं कालजयी देशभक्तिपूर्ण र सामाजिक चेतका गीत पस्किसकेको छन्।

गीतको संगीत संयोजन गायक गुरुङ र सुमन तामाङले संयुक्त रूपमा गरेका हुन् भने पोखरास्थित एपोस्टल रेकर्डिङ स्टुडियोमा सुमन तामाङले नै यसको ध्वनि मिश्रण गरेका हुन्।

जेनजी आन्दोलनमा देखिएको युवा उभार, विभिन्न कलाकारहरूले कलामार्फत जनाएको ऐक्यबद्धताका साथै हिमाल, पहाड र तराईका आम नेपालीको श्रम र जीवनशैलीलाई भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

ब्यान्डकै बेस गितारिस्ट तथा दुई दशकदेखि वृत्तचित्र निर्माण एवं स्वतन्त्र फोटो पत्रकारितामा सक्रिय जीवन भाइले आफ्नो लेन्समा कैद गरेका समग्र नेपालका दृश्यहरूलाई यस भिडियोमा सजाएका छन्। भिडियोको निर्देशन र सम्पादनको जिम्मेवारी पनि उनैले निर्वाह गरेका छन्।

‘हाम्रो आवाज नयाँ नेपाल’ केवल एउटा सांगीतिक प्रस्तुति मात्र नभएर जेनजी आन्दोलनका अमर सहिद, घाइते र तिनका परिवारप्रतिको  भावपूर्ण सम्मान भएको ब्यान्डले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad