कला


प्राध्यापक अभि सुवेदीलाई अभिनन्दन

प्राध्यापक अभि सुवेदीलाई अभिनन्दन

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १८:२६, काठमाडौँ

विश्व रङ्गमञ्च दिवसका अवसरमा शुक्रबार प्राध्यापक अभि सुवेदीलाई अभिनन्दन गरिएको छ। 

नेपाली रङ्गमञ्चमा पु¥याएको महत्त्वपूर्ण योगदानका लागि नाट्यकलाको विश्व संगठन इन्टरनेशनल थिएटर इन्टिच्युटको नेपाल सेन्टर (आईटीआई) नेपालले सुवेदीलाई अभिनन्दन गरेका हो। सुवेदीले नेपाली रङ्गमञ्चमा नाटककार, अनुसन्धानकर्ता, समिक्षक तथा नाट्य अभियन्ताका रुपमा विशिष्ट योगदान रहेको छ। 

अभिनन्दनपछि सुवेदीले नेपाली रङ्गमञ्चको उभारप्रति खुशी व्यक्त गर्दै आईटीआईको गतिशिलतामाथि चर्चा गरेका थिए। 

शिल्पी थिएटर बत्तीसपुतलीमा आयोजित विश्व रङ्गमञ्च दिवस समारोहबाटै आईटीआई नेपालको पुनः स्थापनाको औपचारिक घोषणा समेत गरिएको छ। करिब एक दशकदेखि आईटीआई वर्ल्डसँग विच्छेद भएको सम्बन्धलाई यस पुनःस्थापनाले जोडेको छ।

आईटीआई नेपालको कार्यकारी बोर्डमा केदार श्रेष्ठ, गुञ्जन दीक्षित, देव न्यौपाने, सुशिलालक्ष्मी महर्जन, मोतीबहादुर कार्की (परिवर्तन), पवित्रा खड्का, सिजन दाहाल छन्। जसलाई आईटीआई वर्ल्डको कार्यकारी समितिले अनुमोदन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad