नेपाली हल यतिखेर रणवीर सिंह अभिनीत बलिउड फिल्म ‘धुरन्धर २’ को कब्जामा छ।
एक सातादेखि फिल्ममा नेपाली दर्शकहरूको क्रेज व्यापक छ। किनकी उनीहरु फिल्म हेर्न मध्यरातसम्म हल पुगिरहेका छन्।
यसैबीच, आज शुक्रबार नेपाली फिल्म ‘हामी तीन भाइ’ रिलिज भएको छ। यस फिल्मले पहिलो दिनको लागि देशभरि ५० शो पाएको छ। ‘धुरन्धर २’ को दबदबाबीच निर्माताले फिल्म रिलिज गरेर ठूलो जोखिम लिएको छ। यद्धपी, फिल्मको माउथ पब्लिसिटीले व्यापार निर्धारण गर्नेछ।
मधुसुदन भट्टराई निर्देशित यस फिल्मले दाजुभाइबीचको आत्मीय सम्बन्ध र अंशबन्डाको द्वन्द्वलाई केन्द्रमा राखेको छ। ‘हामी तीन भाइ’मार्फत उनी करिब ७ वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि भट्टराईले ‘ब्ल्याक मेल’, ‘ब्ल्याक नाइट’, ‘निर्भय’, ‘सुकुलगुन्डा’, ‘डेस्टिनेशन काठमाडौं’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन्।
यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, फलित राई, जाहन्वी बस्नेत, कुशल विष्ट, आश्मा गिरी, राजाराम पौडेल, रविन्द्र झा लगायतको अभिनय छ। त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ फिल्मको निर्माता हुन्।
Shares

प्रतिक्रिया