कला


‘धुरन्धर २’ प्रति नेपाली दर्शकको व्यापक चासो, अग्रिम बुकिङ तीव्र भएपछि क्यूएफएक्सको साइट डाउन

‘धुरन्धर २’ प्रति नेपाली दर्शकको व्यापक चासो, अग्रिम बुकिङ तीव्र भएपछि क्यूएफएक्सको साइट डाउन

नेपालखबर
चैत ५, २०८२ बिहिबार १७:२१, काठमाडौँ

रणवीर सिंह अभिनीत सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल ‘धुरन्धरः द रिभेन्ज’ आजबाट विश्वव्यापी रुपमा प्रदर्शन भइरहेको छ। नेपाल सिनेमा हलमा पनि यो फिल्म प्रदर्शनरत छ।

बुधबारदेखि नेपालमा फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। बुकिङ खुल्नासाथ टिकट खरिद गर्ने दर्शकको चाप अत्यधिक बढेपछि अग्रिम बिक्री तीव्र बनेको थियो।

सोही उच्च ट्राफिकका कारण देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सको वेबसाइट डाउन भएको छ। साइट डाउन हुँदा धेरै दर्शकले यसबारे चासो राखेका छन्।

साइट डाउन भएपछि क्युएफएक्सले आफ्नो आधिकारिक फेसबुक पेजमा सूचना समेत जारी गरेको छ। बुकिङ खुलाएको केही समयमै अस्वाभाविक रूपमा उच्च ट्राफिक आउँदा प्रणालीले लोड धान्न नसकेको सूचनामा उल्लेख छ। 

‘धुरन्धर’ ले नेपालमा १० करोड रुपैयाँभन्दा बढी व्यापार गरेको थियो। सोही सफलताका कारण यसको सिक्वेल नेपाली दर्शकमाझ पनि प्रतीक्षित थियो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad