कला


नगरकोट घुमफिरमा बलिउड अभिनेत्री सन्नी लियोनी दम्पती

नगरकोट घुमफिरमा बलिउड अभिनेत्री सन्नी लियोनी दम्पती

नेपालखबर
चैत ५, २०८२ बिहिबार १४:१६, काठमाडौँ

बलिउड अभिनेत्री सन्नी लियोनी अहिले नेपालमा छिन्। श्रीमान डेनियल वेभरसहित उनी नेपाल घुम्न आएकी हुन्।

सन्नी र डेनियलले सामाजिक सञ्जालमार्फत नगरकोट र त्यहाँ वरपर घुमेका आकर्षक तस्बिर र भिडिओ सेयर गरेका छन्। बुधबार दिउँसो श्रीमान डेनियलसहित नगरकोटको भ्यू टावर पुगिन्।

त्यहाँबाट उपत्यकाको दृश्य हेरेकी छन्। उनीहरूले त्यहाँबाट देखिने हिमशृंखलाको पनि अवलोकन गरेका थिए।

हिमालय र नेपालको प्राकृतिक सौन्दर्यले आफूहरूको मन जितेको डेनियलले उल्लेख गरेका छन्। अर्को पोस्टमा उनले नगरकोटबाट देखिने दृश्य सेयर गर्दै लेखेकी छन्, ‘योभन्दा धेरै सौन्दर्य अन्त भेटेको छैन।’

अर्को पोस्टमा सन्नी लेख्छिन्, ‘विशेष क्षण र स्पष्टता भेटेकी छु।’

सन्नी नेपाल आइरहने गरेकी छन्। यसअघि दुई महिनाअघि मात्रै उनी एक क्यासिनो उद्घाटनमा नेपाली आएकी थिइन्।

सन्नीले सन् २०११ मा संगीतकर्मी, अभिनेता तथा उद्यमी डेनियलसँग बिहे गरेकी हुन्। 

 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad