वासिङ्टनस्थित अमेरिकी सेनाको एक प्रमुख अड्डामा शंकास्पद ड्रोनहरू देखिएका छन्।
वासिङ्टन पोस्टका अनुसार वासिङ्टनस्थित फोर्ट लेस्ली जे. म्याकनेयर सैन्य अड्डामाथि शंकास्पद ड्रोन देखिएका हुन्।
यो त्यही सैन्य अड्डा हो, जहाँ विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पिट हेग्सेथ बस्छन्।
यस विषयमा जानकार तीन जनाले ड्रोनहरूको पहिचान नभएको र ती कहाँबाट आए भन्ने कुरा स्पष्ट नभएको बताएका छन्।
एक वरिष्ठ अधिकारीका अनुसार इरानसँग युद्ध भइरहेकाले यस अघिदेखि नै सुरक्षा सतर्कता उच्च बनाइएको छ।
यसैकारण सेनाले सम्भावित खतरालाई नजिकबाट निगरानी गरिरहेको छ।
विगत १० दिनमा एक रात फोर्ट लेस्ली म्याकनेयरमाथि धेरै ड्रोन देखिएपछि सुरक्षा बढाउँदै यस विषयमा ह्वाइट हाउसमा आपत्कालीन बैठक पनि राखिएको छ।
504
Shares

प्रतिक्रिया