चर्चित गायक रामकृष्ण ढकालले गायक तथा संगीतकार उज्ज्वल सागरलाई गीतार उपहार दिएका छन्। ढकालले आफू निर्मित फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ कार्यक्रमबीच उज्ज्वललाई यो उपहार दिएका हुन्।
आनन्द अधिकारीको शब्द रहेको फिल्मको टाइटल गीतमा उज्ज्वल सागरको संगीत भरेका छन्। साथै गीतमा रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर रहेको छ।
सार्वजनिक कार्यक्रमको सबैभन्दा विशेष र भावुक पल त्यति बेला बन्यो। जब ढकालले गीतका सङ्गीतकार उज्ज्वल सागरलाई आफ्नो हस्ताक्षरसहितको एउटा गितार उपहारस्वरूप प्रदान गरे।
‘उज्ज्वल एकदमै संगीतको लागि जम्मेको भाइ हो। र, एकदमै मेहनती मान्छे हो। धेरैजसो समय उ म्युजिककै हुन्छ। फोन गर्दा पनि रियाजमै हुन्छ वा संगीतकै काममा लागेको हो। अनि उसले एकदम राम्रो गीतार पनि बजाउँछ। उसको आफ्नै फ्यान फलोइङ छ। यो मेरो सानो उपहार आशिर्वादस्वरुप दिन सक्छुँ,’ढकालले भने।
सम्मान स्वरूप दिइएको गितार ग्रहण गर्दै सङ्गीतकार सागरले यस टिमसँग जोडिएर काम गर्न पाउँदा आफू निकै उत्साहित रहेको बताए। उज्ज्वल आँखामा ज्योति नभएका संगीतकार हुन्।
प्रकु पाण्डेयको निर्देशन र कथा रहेको फिल्ममा पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ लगायतको अभिनय रहेको छ। यो फिल्म आगामी वैशाख २५ गतेबाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया