गायक प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र (रास्वपा)का सभापति रवि लामिछानेलाई कम्तीमा पाँच वर्षसम्म इमानदारिता कायम राख्न आग्रह गरेका छन्।
मंगलबार लामिछानले नव निर्वाचित सांसदहरूका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रममा दिएको मन्तव्यपछि रविलाई भेटेका सपुतले यस्तो आग्रह गरेका हुन्।
रविसँगको भेटको भिडिओ सामाजिक सञ्जाल फेसबुकमा राख्दै उनले लेखेका छन्, आज नयाँ सांसदहरुलाई प्रशिक्षण गर्ने क्रममा देखिएको उर्जा, ईमान्दारिता, परिपक्वता र स्पष्टता कम्तीमा यो ५ वर्ष कायम रहोस् है रवि दाई।
सपुत पनि रास्वपाको समानुपातिक बन्दसूचीमा थिए। तर, सपुत सांसद भने बन्न सकेनन्।
रास्वपाले सांसद नबनाउँदा गायक सपुतले मन दुखाएको अनुमान चलिरहँदा उनले सभापति लामिछानेलाई भेटेर उर्जा, इमान्दारिता, परिपक्वता र स्पष्टता कम्तीमा पाँचवर्ष कायम राख्न रविलाई आग्रह गरेका हुन्।
Shares

प्रतिक्रिया