सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डमा २४ विद्याका लागि छनौट भएका उत्कृष्ट ५ सार्वजनिक भएको हो।
सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ मा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए।अवार्डमा मनोनयनमा परेका कलाकर्मीलाई खल्तीबाट भोट गर्न सकिने छ ।

प्रतिक्रिया