कला


चैत्र ११ र १२ गते चलचित्र विकास बोर्डले देखाउँदै ‘कुमारी’ र ‘जीवन काँडा कि फूल’

चैत्र ११ र १२ गते चलचित्र विकास बोर्डले देखाउँदै ‘कुमारी’ र ‘जीवन काँडा कि फूल’

नेपालखबर
फागुन २७, २०८२ बुधबार १८:३०, काठमाडौँ

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको महिला सशक्तीकरण समितिले आयोजना गर्ने भनिएको विशेष कार्यक्रमको मिति सारिएको छ। यसअघि यो कार्यक्रम फागुन २८, २९ र ३० गते आयोजना गर्ने भनिएको थियो। अब उक्त कार्यक्रम विविध कारणले चैत्र ११, १२ र १३ गते गरिने चलचित्र विकास बोर्डले जनाएको छ ।

कार्यक्रमअन्तर्गत पहिले प्रदर्शनका लागि तय गरिएका चलचित्र ‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ क्रमशः २०८२ साल चैत्र ११ र १२ गते प्रदर्शन हुनेछन्। प्रदर्शन गर्न लागिएका ती दुई फिल्मले महिला सशक्तीकरण, मर्म र संघर्षको कथा प्रस्तुत गर्छन् ।

ती फिल्ममार्फत महिला सशक्तीकरणको सन्देश दिन लागिएको बोर्ड अध्यक्ष दिनेश डीसीले जानकारी दिए। साथै चलचित्र हेर्न इच्छुक भई बोर्डसँग सम्पर्क गरिसकेका चलचित्रकर्मीलाई पर्न गएको असुविधाप्रति बोर्डले क्षमायाचना समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad