कला


कुलमानको हारमा गायिका त्रिशला: ‘हाइप’ अस्थायी हुन्छ, तपाईं सधैँ नायकको रूपमा रहनुहुनेछ

कुलमानको हारमा गायिका त्रिशला: ‘हाइप’ अस्थायी हुन्छ, तपाईं सधैँ नायकको रूपमा रहनुहुनेछ

नेपालखबर
फागुन २३, २०८२ शनिबार १४:४, काठमाडौँ

काठमाडौँ क्षेत्र नम्बर ३ बाट उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका कुलमान घिसिङ पराजित भएका छन्। उनलाई रास्वपाका राजु पाण्डेले ठूलो मतान्तरले पछि पार्दै जित निकाले।

घिसिङले हारेपछि उनको पार्टी निकट गायिका त्रिशला गुरुङले दु:ख व्यक्त गरेकी छिन्। यतिखेर धारणा सत्यभन्दा पनि बढी लोकप्रियताले निर्धारण गरेको उनको भनाइ छ।

‘आज यस्तो लाग्छ कि हामी यस्तो संसारमा बाँचिरहेका छौँ। जहाँ धारणा सत्यभन्दा बढी लोकप्रियताले निर्धारण गर्छ र जहाँ सामाजिक सञ्जालका कथाहरूले हाम्रो निर्णयलाई आकार दिन्छन्। तर, हाइप अस्थायी हुन्छ। वास्तविक प्रभाव भने सदैव रहने हुन्छ,’उनले लेखेकी छिन्।  

चुनाव हारेपनि कुलमान सधैं नायकको रुपमा रहने उनको भनाइ छ। उनी लेख्छिन्, ‘कुलमान घिसिङ, तपाईं हामीमध्ये धेरैका लागि सधैं नायकको रूपमा रहनुहुनेछ। नयाँ सरकारले साहसका साथ अघि बढेर हाम्रा शंकाहरू गलत सावित गरिदियोस् भन्ने आशा छ।’

एकता भएसँगै त्रिशला कुलमान पार्टीबाट रास्वपाको समानुपातिको बन्दसूचिमा परेकी थिइन्। तर, रास्वपाले चर्चित अनुहारलाई स्थान दिएको भन्दै चर्को आलोचना भएपछि समानुपातिक सूचिमा परेकी उनी पछि हटिन्। 

उनले फेसबुकमा एक स्टाट्स लेख्दै उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको उल्लेख गरेकी थिइन्। गहन आत्ममूल्यांकन पश्चात  उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad