इरान र इजरायलबीचको युद्धका कारण दुबईमा फसेकी बलिउड अभिनेत्रीहरू सोनल चौहान र ईशा गुप्ता सकुशल भारत फर्किएका छन्। सोनलले हालै सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री नरेन्द्र मोदीलाई घर फर्कन मद्दतको लागि अनुरोध गरेकी थिइन्।
अब,मुम्बई आइपुगेको बताउँदै सोनलले भारत सरकार र दुबई प्रशासनलाई धन्यवाद दिइन्। युद्धको बारेमा बोल्दै सोनलले यो पनि भनिन् कि युद्ध कहिल्यै पनि कुनै पनि समस्याको समाधान होइन।
यसअघि मंगलबार युएईमा फसेकी ईशा गुप्ता पनि भारत फर्किइन् र भारत सरकार र युएई प्रशासनलाई धन्यवाद दिइन्।
आफ्नो पोस्टमा सोनलले दुबईका जनता र सरकारको प्रशंसा गर्दै भनिन्, ‘मैले त्यहाँका जनताको उत्साह र उनीहरूको सरकारमाथिको अटल विश्वास देखेँ। यस संकटको समयमा दुबई प्रशासनले सबैलाई शान्त र सुरक्षित राख्यो। सबै कुरा धेरै सावधानी र जिम्मेवारीका साथ ह्यान्डल गरियो ताकि त्यहाँका सबैले सुरक्षित महसुस गरून्।’
Shares

प्रतिक्रिया