चुनावका कारण फिल्मी गतिविधि नभएको बेला फिल्म ‘लालिमा’को सार्वजनिक ट्रेलर ट्रेन्डिङमा परेको छ। शनिबार सार्वजनिक यस ट्रेलर चौबीस घण्टा नबित्दै युट्युबको फिल्मतर्फ ट्रेन्डिङ नम्बर ५ मा पर्न सफल भएको हो ।
यौनकर्ममा लागेकी ‘लालिमा’को जीवनमा आउने उत्तारचढावको कथामा फिल्म बनेको ट्रेलरले संकेत गर्छ। ट्रेलरको अन्तिममा रोशनी मानसिक समस्यामा परेको देखिन्छ। ट्रेलरले यौनकर्ममा लागेकी ‘लालिमा’को बच्चा जन्मिएको घटनामार्फत् फिल्मप्रति सन्सपेन्स छाडेको छ ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। यस फिल्ममा रोशनीसहित जीवन भट्टराईका साथमा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देलको अभिनय छ। यो फिल्म फागुन २९ मा प्रदर्शनमा आउँदैछ।
111
Shares

प्रतिक्रिया