प्रेमकथामा आधारित फिल्म ‘प्रेम गीता’को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार फिल्मको कथावस्तु झल्किने गरि पोस्टर सार्वजनिक गरेको हो।
पोस्टरमा मुख्य जोडी जाहान्वी बस्नेत र साजिद खानलाई रोमान्टिक मुद्रामा देखिन्छन्। पोस्टरले फिल्मको प्रेमप्रधान तथा संगीतमय धार स्पष्ट संकेत गरेको छ।
साजिद खानको यो डेब्यु फिल्म हो। यस फिल्ममा जाहान्वी बस्नेत, सुशील पोखरेल, अर्जुन गुरुङ, मनिल तामाङ, आइशा पौडेल, दिप्सन लिम्बू, मन्शी शर्मा, मौसम खड्का, रियाशा सापकोटा र श्याम मगरलगायत कलाकारको अभिनय रहेको छ।
अर्नव बस्नेतको प्रस्तुती रहेको यस फिल्मको कथा सिताराम ढुङ्गेलको हो भने पटकथा तथा संवाद मौनता श्रेष्ठले तयार पारेका हुन्। फिल्मका गीतमा संगीत दिप्सन लिम्बूले गरेका छन्। साथै डिओपी रामेश्वर हुमागाईँ र नृत्य निर्देशन सुरेश पाण्डेको छ।
द्वन्द्व निर्देशन किरण दाहालको छ भने सम्पादन बन्दे प्रसादले गरेका छन्। रङ संयोजन प्रविन ढकाल तथा मिक्सिङ मुकेश शाहको रहेको छ। सहायक निर्देशकमा सागर बोहोरा रहेका छन्। त्यस्तै फिल्मको चिफ एडीका रुपमा बिनयराज पौडेलले गरेका छन्।
निर्देशक बस्नेतका अनुसार फिल्मले युवापुस्ताको प्रेम, भावना र संघर्षलाई केन्द्रमा राखेको छ। प्रदर्शन मिति भने छिट्टै सार्वजनिक गरिने बताइएको छ।
Shares

प्रतिक्रिया