सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल २०२५’ विजेता जेसिका सिंह ठकुरीले उपाधि त्यागेको घोषणा गरेकी छन्। सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले व्यक्तिगत गरिमा, मूल्य र आत्मसम्मान जोगाउन यस्तो निर्णय लिनुपरेको बताएकी हुन्।
उनले उपाधि जित्नु आफ्नो जीवनको अत्यन्त गौरवपूर्ण क्षण भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न पाएको अवसरप्रति कृतज्ञता व्यक्त गरेकी छन्। तर, राष्ट्रिय आयोजक संस्थासँगको अनुभव अत्यन्त पीडादायी र कठिन रहेको जेसिकाको भनाइ छ।
आफ्नो कार्यकालभर दुर्व्यवहार, धम्की र निरन्तर मानसिक दबाबको सामना गर्नुपरेको उनले बताएकी छन्। जसले मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पारेको उनको भनाइ छश्दार
लामो समयसम्म सुधारको आशामा मौन बसे पनि अन्ततः आफ्नो शान्ति र आत्मसम्मानभन्दा ठूलो कुनै पनि उपाधि नहुने निष्कर्षमा पुगेर टाइटल त्यागेको उनको भनाइ छ।
उनले छिट्टै विस्तृत भिडिओ सार्वजनिक गर्दै आफ्नो सम्पूर्ण अनुभव र राजीनामाका कारणहरू विस्तारमा साझा गर्ने जानकारी पनि दिएकी छन्। यद्यपि , उनको राजीनामाबारे आयोजक संस्थाको आधिकारिक प्रतिक्रिया भने आएको छैन।
Shares

प्रतिक्रिया