चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ आक्रामक कमाइ गरिरहेको छ। चलचित्र विकास बोर्डको रिपोर्टअनुसार यस फिल्मले घरेलु बक्सअफिसमा ११ करोड २४ लाख ६ हजार ९६९ कमाइ गरेको हो। जुन आकंडा गत फागुन ९ अर्थात २३ दिनको कलेक्सन हो।
सोही अवधीभर फिल्मका ४ लाख २३ हजार १११ टिकट बिक्री भएका छन्। वैदेशिक रोजगारीको कथा भन्ने फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। अरु नेपाली फिल्महरु हलमा नहुँदा यस फिल्मलाई फाइदा पुगेको देखिन्छ।
फिल्म सुपरहिट भएसँगै केहीदिनअघि निर्माणटिमले यस फिल्मको दोस्रो पार्ट बनाउने घोषणा समेत गरिसकेका छन्।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ। यस फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट, बेगम नेपाली, रचना गौतम लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया