फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ।
सार्वजनिक दोस्रो टिजरमा अभिनेत्री रोशनी कार्की केन्द्रमा छिन्। यो फिल्म तीन हजार यौनकर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको हो।
करिब एक मिनेटको टिजरमा रोशनीसहित सुष्मा निरौला, उषा रजक र जीवन भट्टराई देखिएका छन्।
समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको टिजरमा देख्न सकिन्छ। कलाकार शिशिर वाङ्देल र सबिन कट्टेललाई पनि टिजरमा अटाएका छन्।
यौनकर्मीको चरित्रमा रहेकी रोशनीको काखमा रहेको बच्चा टिजरको मुख्य आकर्षण हो। टिजरको सुरुवातमा यौनकर्मीको चरित्रमा देखिएकी रोशनीलाई अन्त्यतिर शिशुको साथमा सहर बाहिर पुगेको देख्न सकिन्छ।
यी दृश्यले उनको चरित्रको उत्तार–चढावमार्फत् तीन हजार यौनकर्मीको जीवन जटिलता फिल्ममा देखाइएको संकेत गर्छ। फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को लेखक र निर्देशक रोशन मिराज हुन्।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले वितरणको जिम्मेवारी लिएको छ।
Shares

प्रतिक्रिया