कला


निखिल उप्रेतीको मुख्य भूमिकामा बन्ने ‘पारस’मा सुशील श्रेष्ठको इन्ट्री

निखिल उप्रेतीको मुख्य भूमिकामा बन्ने ‘पारस’मा सुशील श्रेष्ठको इन्ट्री

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १६:५६, काठमाडौँ

कृषा चौलागाइँको निर्देशनमा  फिल्म ‘पारस’ मा सुशील श्रेष्ठ अनुबन्धित भएका छन्। निर्माण टिमले बुधबार फिल्ममा निरुता सिंहपछि एक्सन स्टार सुशीललाई अनुबन्ध गरेको हो।

कृषाले सुशीलसँगको फोटो सेयर गर्दै पारसमा सुशीलाई अनुबन्ध गरेको जानकारी दिएकी छन्। उनी लेख्छिन्,‘प्रतिभाशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ।’

उनले सुशील आएपछि पारस राम्रो फिल्म बन्न सक्ने बताएकी छन्। यसअघि फिल्ममा निखिल उप्रेती, जसिता गुरुङ,प्रियंका कार्की अनुबन्धित भइसकेका छन्। 

यसअघि सामाजिक कथामा निर्माण भएको फिल्म ‘ऐँचोपैचो’ र एक्सन जनराको फिल्म ‘पिताम्बर’मा आफ्नो काम कृषाले देखाइसकेकी छन्। अब उनी यस फिल्ममा भएका कमीकमजोरीलाई सुधार्दै तेस्रो निर्देशकिय फिल्म ‘पारस’लाई बबाल बनाउने दाउमा छिन्।

प्रेमकथामा आधारित यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्। उनले लेखक पनि सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य लादियालाई फिल्ममा लिएकी छन्।

चुनाव लगत्तै फिल्मको छायांकन थाल्ने कृषाको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad