कला


वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री नीति शाह

वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री नीति शाह

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १६:०, काठमाडौँ

अभिनेत्री नीति शाहले याञ्चित राणासँग विवाह गरेकी छिन्। गत वैशाखमा कानुनी बिहे गरेका उनीहरुको शुक्रबार धार्मिक विधिअनुसार बिहे भएको हो।

ललितपुरको प्लाजा होटलमा उनीहरुको विवाह समारोह चलिरहेको छ। जहाँ दुवैका परिवारसहित आफन्त र सेलिब्रेटी सहभागी छन्।

एरोस्पेस इन्जिनियर रहेका राणासँग नीतिको २ वर्षदेखि प्रेमसम्बन्धमा थिइन्। केही दिनदेखि उनीहरुको बिहेका समारोहहरु भइरहेका रहेका छन्।

यसअघि नीतिले ३ फरक फरक ठाउँमा समारोह हुने बताएकी थिइन्। सोहीअनुसार स्वयम्बर द प्लाजामा, संगीत र ककटेल पार्टी दरबारमार्गमा र रिसेप्सन पार्टी आर्मी अफिसर्स क्लबमा हुन लागेको हो।

आइतबार हुने रिसेप्सन पार्टीमा चर्चित कलाकारदेखि संचारकर्मीहरू लगायतलाई निम्तो दिइएको बताइएको छ।

नीति सन् २०१७ की ‘मिस नेपाल इन्टरन्यासनल’की विजेता हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad