राजनीति


दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- संसद्‌बाट छलछाम गरेर निकाल्ने योजनाकार यहीँ छन्

दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- संसद्‌बाट छलछाम गरेर निकाल्ने योजनाकार यहीँ छन्

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १६:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसद्बाट निकाल्ने योजनाकार भन्दै नेकपा (एमाले) महासचिव शंकर पोखरेललाई कटाक्ष गरेका छन्। 

शुक्रबार रास्वपाले दाङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई छलछाम गरेर संसद्बाट निकालेको आरोप लगाए। सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा लागेपछि संसद्ले उनी निलम्बनमा परेको सूचना निकालेको थियो। त्यतिवेला एमाले नेता देवराज घिमिरे सभामुख रहेका थिए। 

त्यसैलाई इंगित गर्दै लामिछानेले राम्रो काम गर्दागर्दै आफूलाई संसद्बाट निकालिएको जिकिर गरेका हुन्। आफूलाई निकाल्न एमाले महासचिव पोखरेलले भूमिका खेलेको उनको आरोप थियो। 

चुनावी सभामा पोखरेललाई कटाक्ष गर्दै लामिछानले भने, ‘संसद्बाट छलछाम गरेर दुई घण्टामा सूचना जारी गरेर निकाल्ने योजनाकारहरू यहीँ छन् नि!’

उनले आफूलाई संसद्‌बाट निकाले पनि जनताको मनबाट कसैले निकाल्न नसक्ने जिकिर गरे। ‘तिनले सुन्ने गरी भन्छु- संसद्‌बाट निकाल्यौ, जनताको मतबाट निकालेर देखाऊ,’ लामिछानेले भने। 

धनगढीबाट सुरु गरेको रास्वपाले आज दाङमा चुनावी सभा गरेको हो। बिहीबार सुर्खेतमा चुनावी सभा गरेको थियो। 

भैरहवा र पोखरामा गर्ने चुनावी सभामा भने स्थगित गरेको छ। रास्वपाले फागुन ८ मा भैरहवा र फागुन १० मा पोखरामा चुनावी सभा गर्ने तयारी गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad