चर्चित नेपाली ‘मोटोभ्लगर’ सुरक्षा केसीलाई इन्स्टाग्रामले आफ्नो आधिकारिक रिल्समा फिचर्ड गरेको छ। युवापुस्तामाझ लोकप्रिय सामाजिक सञ्जालले सम्भवतः पहिलोपटक नेपाली ‘कन्टेन्ट क्रिएटर’ लाई आफ्नो अफिसियल रिल्समा प्रस्तुत गरेको हो।
इन्स्टाग्रामले सुरक्षालाई समेत फलो गरेको छ। इन्स्टाग्रामले केही महिनाअघि उनलाई सन्देश पठाएको थियो। इमेलमार्फत इन्स्टाग्रामले उनको पहिल्यै पोस्ट भएको रिल्स मन पराएको बताउँदै सेयर गर्न अनुमति मागेको थियो।
जुन सुरक्षाको रिल इन्स्टाग्रामले बिहीबार बिहान पोस्ट गरेको छ। इन्स्टाग्रामले ‘इन द मोमेन्ट’ क्याप्सन लेख्दै उक्ल रिल भिडिओ पोस्ट गरेको छ।
पोखरा घर भएकी सुरक्षा इन्स्टाग्राम चर्चित नेपाली मोटोभ्लगर हुन्। २३ वर्षिया सुरक्षालाई इन्स्टाग्राममा पछ्याउनेको संख्या ६ लाख २ हजार छ। उनले विभिन्न स्थानमा मोटरसाइकल यात्रा गर्दै उनले आफ्ना अनुभव र साहसिक क्षणहरू भिडिओमार्फत सार्वजनिक गर्दै आएकी छन्। सुरक्षा र उनका श्रीमान विविद जंग थापा (एमआरबी भ्लग) नेपालका चर्चित मोटो–भ्लगर जोडी हुन्।
Shares

प्रतिक्रिया