सुगम पोखरेल र रिता केसीको स्वर ‘बेहाल’ बोलको गीत सार्वजनिक गरिएको छ।
काठमाडौँमा एक कार्यक्रमबीच प्रमुख अतिथी बरिष्ठ संगीतकर्मी फणिन्द्र राईसहित गीतकार अम्बिका गुरुङ, गीतकार तथा गजलकार भुपेन्द्र महत लगायतको उपस्थितिमा गीतको भिडिओ सार्वजनिक गरिएको हो।
डा. देबेन्द्र प्रधानको शब्द रहेको गीतले प्रेमभाव बोकेको छ। गीतमा शंकर थापा ‘स्माइल’को संगीत भरेको गीतमा विषम आचार्यको एरेन्जमेण्ट रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा माष्टरिङ्ग रहेको छ।
केशव राज भट्ट निर्देशित भिडिओमा अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय छ। दिनेश पराजुलीको छायाँकन रहेको गीतको भिडिओलाई डिन्सन शाहले सम्पादन गरेका हुन्।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी संगीतकर्मी राईले हरेक दृष्टिबाट गीत उत्कृष्ट बनेको बताए। यस्तै गीतकार गुरुङले गीत सुन्दा सरल भएपनि शब्द, संगीत र स्वरको उत्कृष्ट संयोजन रहेको सुनाइन्।
भारतको कालिङपोङ निवासी गीतकार डा. प्रधान यही गीत सार्वजनिक कार्यक्रमका लागि काठमाडौं आएका हुन्। नेपाली साहित्य र गीतसंगीतमा गहिरो रुचि राख्ने प्रधान सन् २०१९ देखि निरन्तर गीति लेखनमा सक्रिय छन् । झण्डै एक दर्जन गीतका श्रर्जक डा. प्रधानले भौगोलीक रुपमा जहाँ भएपनि मन भने नेपाली भएको बताए।
Shares

प्रतिक्रिया