कला


कैलाश खेरले गाए फिल्म ‘आईएम जीतबहादुर’ को टाइटल गीत, भिडिओको छायांकन मुम्बईमा गरिने

कैलाश खेरले गाए फिल्म ‘आईएम जीतबहादुर’ को टाइटल गीत, भिडिओको छायांकन मुम्बईमा गरिने

नेपालखबर
माघ २१, २०८२ बुधबार १८:२१, काठमाडौँ

जितु नेपाल ‘मुन्द्रे’को लगानीमा बन्न लागेको फिल्म ‘आईएम जीतबहादुर’ मा भारतीय गायक कैलाश खेरले स्वर दिएका छन्। खेरले फिल्मको टाइटल गीत गाएका हुन्।

कलाकार जितुले फेसबुकमार्फत खुशी व्यक्त गर्दैं यसबारे जानकारी दिएका छन्। ‘आदरणीय दर्शकहरूलाई यो जानकारी दिन पाउँदा अत्यन्तै हर्षित छु। हाम्रो चलचित्र ‘आईएम जीतबहादुर’ को टाइटल गीत भारतीय वरिष्ठ गायक कैलाश खेर सरले गाउनु भएको छ। हाम्रो अनुरोधलाई स्वीकार गरिदिनु भएकोमा कैलाश सरप्रति हार्दिक नमन व्यक्त गर्दछौँ। चाँडै नै उहाँसँग भेटघाट पनि हुनेछ,’ उनले लेखेका छन्।

उनका अनुसार गीतको छायांकन पनि केही दिनपछि मुम्बईमै गरिँदै छ। यसका लागि अभिनेत्रीद्वय प्रियंका कार्की र वर्षा राउतसहित फिल्म निर्माण टोली चाडै मुम्बई जाँदै छ।

यस फिल्मलाई हिन्दी र बंगाली भाषाका फिल्म निर्देशक शेभेन्दु घोषणले निर्देशन गर्नेछन्। यो फिल्म एक नेपाली कलाकारको संघर्ष र सफलताको कथामा आधारित हुनेछ।

घोषकै कथा रहेको फिल्ममा जितु नै मुख्य भूमिकामा देखिनेछन्। यो फिल्मको आंशिक भाग जितुको आफ्नै जीवन संघर्ष देखाइने बताइएको छ। छायांकनरत यस फिल्मको प्रदर्शन मिति भने तय हुन बाँकी छ। 

जितु यसअघि ‘छक्कापञ्जा’ समूहका फिल्ममा कार्यकारी निर्माता थिए। ३२ वर्षको कलाकारितापछि अहिले उनले एकल लगानीमा फिल्म बनाउन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad