कला


युट्युवमा ‘ऊनको स्वीटर’ अत्याधिक रूचाएपछि विपिन: म पो निशब्द भको छु हौ

युट्युवमा ‘ऊनको स्वीटर’ अत्याधिक रूचाएपछि विपिन: म पो निशब्द भको छु हौ

नेपालखबर
माघ १४, २०८२ बुधबार १७:१५, काठमाडौँ

यसवर्षको सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ लाई युट्युवमा पनि रूचाइएको छ। गत बिहिबार सार्वजनिक भएको यस फिल्मलाई युट्युवमा ६१ लाख ५७ हजार बढीले हेरेका हुन्।

लब स्टोरी जनरामा बनेको यो फिल्म नविन चौहानको निर्देशन र लेखन बनेको छ। फिल्ममा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन्। दर्शकहरूले फिल्मको कथासहित कलाकारहरुको अभिनयको निकै प्रसंशा गरिरहेका छन्। साथै उनीहरू ‘ऊनको स्वीटर’ को सिक्वेलको व्यग्र प्रतिक्षामा छन्।

गत वैशाखमा रिलिज भएको यस फिल्मले बक्सअफिसमा १२ करोडको व्यापार गरेको थियो। दर्शक र समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको यस फिल्मले धेरै हलमा प्रदर्शनको ५१ औं मनाएको थियो।

युट्युवमा पनि दर्शकहरूबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि अभिनेता विपिन कार्कीले खुसी व्यक्त गरेका छन्। उनले फेसबुकमार्फत एक भिडिओ सार्वजनिक गर्दैं दर्शकहरूप्रति आभार व्यक्त गरेका हुन्। उनले भिडिओसहित पोस्टरमा यसरी खुसी साटे:

प्रिय दर्शकहरु,

यदि यहाँहरुले धरणीधरलाई माया नगर्नु भएको भएमैले फूलका निम्ति लेखेका शब्दहरु सायद कागजमै सिमित हुने थिए।

ऊनको स्वीटर मार्फत मेरो मौनता, मेरा कमजोरीहरु, मेरो प्रेमलाई तपाईहरुले देख्नु भयो अनि महसुस पनि गर्नु भयो।

म पो निशब्द भको छु हौ।

यस मायाको उत्तरमा म सँग शब्दहरु त कम छन्।

तर आभार साच्चै गहिरो छ अनि प्रेम उत्तिकै गाढा छ।

लु धेरै धेरै धन्यवाद छ है।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad