कला


‘बुकी’ को पहिलो गीतमा प्रेमिल भावमा देबेन्द्र र रोशनी (भिडिओ)

‘बुकी’ को पहिलो गीतमा प्रेमिल भावमा देबेन्द्र र रोशनी (भिडिओ)

नेपालखबर
माघ १४, २०८२ बुधबार १२:४०, काठमाडौँ

फिल्म ‘बुकी’को पहिलो गीत सार्वजनिक भएको छ। निर्माण टिमले फिल्ममा समावेश ‘तिमी मै सँथ भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतमा देवेन्द्र बब्लुको शब्द, रचना र स्वर रहेको छ। गीतमा दीपक शर्मा र एचबीएन किस्मतको संगीत  रहेको छ।

सार्वजनिक गीतको भिडिओमा चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन्। भिडिओमा यी दुईको केमेस्ट्री निकै सुहाएको छ। प्रेम र यात्राको कथा भनिएको यस गीतमा दुई पात्रको आत्मियता र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ।

भिडि‌ओमा उनीहरूको सम्बन्धमा एउटा आधुनिक र रोमान्टिक स्पर्श दिएको छ। उनीहरूले साना-साना पलहरूमा देखाएको खुसी र अन्त्यको रुवाबासीले दर्शकको मन छुन्छ ।

‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको फिल्म विवश कुमार माझी र मोहन केसीको निर्देशनमा बनेको हो।यस फिल्ममा देबेन्द्र र रोशनीसहित सुरक्षा पन्त, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतको अभिनय छ।

लक्ष्मण सापकोटा, अमिषा थापा कौचा, रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन् । राजेश थापा र बसुन्धरा खरेलले ‘क्रिएटिभ प्रोडुसर’ छन् भने जितु थापा र सुनील बुढाथोकी को-प्रोडुसरका रूपमा रहेका छन् ।

हालसम्म प्रदर्शनको आधिकारिक मिति तय नगरिए पनि निर्माण पक्षले सन् २०२६ भित्र चलचित्रलाई देशभरका हलमा रिलिज गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad