कला


सलमान खानविरुद्ध दिल्ली उच्च अदालतले जारी गर्‍यो 'नोटिस'

सलमान खानविरुद्ध दिल्ली उच्च अदालतले जारी गर्‍यो 'नोटिस'

नेपालखबर
माघ ७, २०८२ बुधबार २१:२७, काठमाडौँ

दिल्ली उच्च अदालतले बलिउड सुपरस्टार सलमान खानलाई नोटिस जारी गरेको छ।

चिनियाँ एआई भ्वाइस जेनेरेसन प्लेटफर्मले दायर गरेको याचिकामा दिल्ली उच्च अदालतले सलमानलाई नोटिस जारी गरेको हो। 

यसअघि सलमान खानले दिल्ली उच्च अदालतमा आफ्नो व्यक्तित्व र प्रचार अधिकार सुरक्षा माग गरी निवेदन दिएका थिए।

जसमा गत डिसेम्बर ११ मा अदालतले आदेश जारी गर्दै भनेको थियो-  कसैले पनि सलमान खानको नाम, आवाज, अनुहार वा अन्य कुनै पनि पहिचान जनिने कुरा उनको अनुमतिबिना प्रयोग नगर्नू। 

तर चिनियाँ कम्पनीले भ्वाइस मोडलिङ आफ्नो मुख्य व्यवसाय भएको उल्लेख गर्दै आदेशले आफ्नो व्यवसायमा असर गरिरहेको दाबी गरी दिल्ली उच्च अदालतमा याचिका दायर गरेको हो। जसमा डिसेम्बर ११ को आदेश खारेज गर्न माग गरिएको छ।

यसैमा अदालतले सलमानलाई चार हप्ताभित्र जवाफ दिन भन्दै नोटिस जारी गरेको हो। 

ई-टाइम्सको रिपोर्टअनुसार, उच्च अदालतले फेब्रुअरी २७ मा मुद्दाको सुनुवाइ गर्नेछ, जुन धेरै हिसाबले महत्त्वपूर्ण हुनेछ। यसले एआई प्लेटफर्महरूलाई सेलिब्रेटीहरूको आवाज प्रयोग गर्न अनुमति दिने कि प्रचार अधिकारलाई प्राथमिकता दिने भन्ने निर्णय गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad