अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड आफ्नो देशमा गाभ्ने आफ्नो योजना जायज रहेको जिकिर गरेका छन्।
बुधबार स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) लाई सम्बोधन गर्दै उनले अमेरिकाबाहेक अरू कुनै पनि देशले ग्रिनल्यान्डको रक्षा गर्न नसक्ने दाबी गरे।
उनले भने, ‘अमेरिकाबाहेक कुनै पनि देशले ग्रिनल्यान्डको रक्षा गर्न सक्दैन। दोस्रो विश्वयुद्धका बेला जर्मनीले डेनमार्क कब्जा गर्दा अमेरिकाले ग्रिनल्यान्डको रक्षा गरेको थियो। ग्रिनल्यान्डलाई डेनमार्क फिर्ता गर्नु अमेरिकाको ठुलो गल्ती थियो।’
तर ट्रम्पले पहिलोपटक यसो भने, ‘ग्रिनल्यान्ड प्राप्तिका लागि अमेरिकाले बल प्रयोग गर्दैन।’
उनले डेनमार्कलाई ग्रिनल्यान्ड कब्जा गर्ने योजनाको विरोध गरेमामा ‘कृतघ्न’ भने।
उनले भने, ‘उनीहरू केवल बरफको टुक्रा चाहन्छन्, जुन युरोप दिन इच्छुक थिएन। अमेरिकाले यो कुरा सधैँ सम्झनेछ।’
ट्रम्पले युरोप गलत दिशामा गइरहेको आरोप पनि लगाए।
उनले फ्रान्स र क्यानडा जस्ता देशहरूको पनि आलोचना गरे।
उनले सोमालियाका जनतालाई ‘कम बुद्धिवाला’ र ‘सामुद्रिक डाँका’ भनेर अपमानजनक शब्द प्रयोग गरे।
भिडिओ-
.@POTUS praises @SecRubio's diplomacy skills: "Any guy that gets approved by 100% of the votes... he's going to go down as the best Secretary of State." pic.twitter.com/ikBRH57XvJ
— Rapid Response 47 (@RapidResponse47) January 21, 2026
Shares

प्रतिक्रिया