गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरिरलाई अन्त्येष्टि गरिएको छ। सोमबार उनको जन्मथलो दार्जिलिङस्थित तल्लो तुमसुङ नजिकको आलुबारीमा अन्त्येष्टि गरिएको हो।
प्रशान्तका निकट मित्र तथा कलाकार राजेश घतानीका अनुसार बौद्ध परम्पराअनुसार तामाङको पार्थिव शरिरलाई अन्त्येष्टि गरिएको हो।
बौद्ध लामाहरूले अग्निदहन र विधिपूर्वक अन्त्येष्टि गरेका थिए। जहाँ प्रशान्तकी पत्नी मार्था एली तामाङसहित आफन्त र बौद्ध लामाहरू सहभागी थिए।
त्यसअघि उनको शवलाई दार्जिलिङमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।
आइतबार नयाँ दिल्लीमा हृदयघातको कारण प्रशान्तको निधन भएको थियो।
प्रशान्तको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी लगायतले शोक व्यक्त गरिसकेका छन् ।
318
Shares

प्रतिक्रिया