राजनीति


रविसँग सम्झौता गर्नुअघि फेरि कुलमानसँग छलफल गर्दै बालेन

रविसँग सम्झौता गर्नुअघि फेरि कुलमानसँग छलफल गर्दै बालेन

नेपालखबर
पुस १२, २०८२ शनिबार १५:२२, काठमाडौँ

काठमाडौँ महानगरका मेयर बालेन शाहले रास्वपा सभापति रवि लामिछानेसँग सहमति अघि बढाउनुअघि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग फेरि छलफल गर्ने भएका छन्।

रवि-बालेनबीच सहमतिका लागि दुवै पक्ष रहेको कार्यदलले शुक्रबार नै सहमतिको समस्यौदा बनाए पनि त्यसलाई शनिबार (आज) टुुंग्याएर हस्ताक्षर गर्ने भनिएको थियो। त्यसअघि रवि- बालेनबीच भेट्ने कुरा भएको थियो। 

तर, बालेनले रविसँग औपचारिक सम्झौता गर्नुअघिसँग घिसिङसँग फेरि छलफल गर्ने भएका हुन्। रवि-बालेन सहमतिका लागि गठित कार्यदलका एक सदस्यका अनुसार पहिले आफूले कुलमानसँग छलफल गर्ने बताएका छन्। 

‘(सहमति) आजै गर्ने भन्ने छ तर एकराउन्ड बालेनहरू कुलमानसँग छलफल गर्ने भन्नुभयो,’ कार्यदलका ती सदस्यले भने। बालेन र कुलमानबीच शनिबार बिहान पनि भेट भएको थियो। 

बालेनले फेरि कुलमानसँग भेट्न चाहेपछि रवि पक्ष भने अब बालेन-कुलमान छलफल निचोडको पर्खाइमा सबेको छ। 

कुलमानसँग आज बिहान भएको छलफलमा रास्वपासँग भएको छलफलको ब्रिफिङ बालेनले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad