कला


मिक्स सिंहले काठमाडौंमा ४ घन्टा 'नन–स्टप' प्रस्तुति दिने

मिक्स सिंहले काठमाडौंमा ४ घन्टा 'नन–स्टप' प्रस्तुति दिने

पत्रकार सम्मेलनमा पञ्जाबी गायक मिक्ससिंह र उनका मित्र


नेपालखबर
पुस ११, २०८२ शुक्रबार १९:१२, काठमाडौँ

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागतका लागि काठमाडौंको ‘नाइट लाइफ’ यसैपनि तातिएको छ। त्यसमाथि पञ्जाबी गायकीको जादुमयी स्वरका धनी मिक्ससिंह जसको आगमनले ठमेलको माहोल अझ ‘हट’ बनेको छ।

चर्चित गीत ‘सुनियाँ सुनियाँ’बाट विश्वभर तन्नेरीको धड्कन बनेका मिक्ससिंह शनिबार साँझ ठमेलस्थित क्लब नोभामा देखिनेछन्। उनको स्वरमा झुम्न काठमाडौंका फ्यान आतुर छन्। क्लब नोभामा शनिबार ४ घण्टासम्म उनले ‘नन-स्टप’ साङ्गीतिक प्रस्तुति दिनेछन्। मिक्ससिंहले आफ्ना चर्चित हिट गीतहरू पस्किँदा १० वटा विशेष पञ्जाबी भांगडा डान्सका दिनेछन्।

'नेपाली फ्यानहरूको क्रेज देख्दा म निकै उत्साही छु। यहाँको दर्शकलाई कसरी झुमाउनुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ', शुक्रबार पत्रकार सम्मेलनमा उनले भने। 

कन्सर्ट आयोजक स्किलमाण्डु नेपालले यो सांगीतिक प्रस्तुतिलाइ नेपाली पर्यटन र खानाको प्रवर्द्धन गर्ने माध्यम पनि हो भनेको छ। गायक जसले आफू नेपाली खानाको पारखी रहेको र नेपालको पर्यटन प्रवर्ध्ननमा  संगीतको माध्यमबाट सघाउन तयार रहेको बताए।

'म यहाँको पहाड र खाना मात्र होइन, यहाँका फ्यानहरूको मायामा पनि पग्लिएको छु,' उनले थपे ।

ठमेलको यो ‘मादक नाइट’को हिस्सा बन्न चाहनेहरूका लागि आयोजकले तीन किसिमका टिकट दर तोकेका छन्।  सिल्भर: १ हजार रुपैयाँ, गोल्ड: २ हजार रुपैयाँ र भीआईपी: ५ हजार रुपैयाँ।

नयाँ वर्षको पूर्वसन्ध्यामा पञ्जाबी बिटमा कम्मर मर्काउन चाहनुहुन्छ भने क्लब नोभाको यो ‘पप नाइट’ तपाईंको लागि प्रतिक्षित गन्तव्य बन्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad