कला


छोरीमाथि ‘बडी सेमिङ’ गर्नेप्रति करिश्माको आक्रोश: जनावरजत्तिको विवेक त राख्नुस्

छोरीमाथि ‘बडी सेमिङ’ गर्नेप्रति करिश्माको आक्रोश: जनावरजत्तिको विवेक त राख्नुस्

फाइल फोटो


नेपालखबर
पुस ११, २०८२ शुक्रबार १७:२८, काठमाडौँ

अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा छोरी कवितामाथि ‘बडी सेमिङ’ भएपछि आपत्ति जनाएकी छिन्। उनले शुक्रबार फेसबुकमा एक पोस्ट लेख्दै छोरीमाथि ‘बडी सेमिङ’ भएपछि कानुनी बाटो अपनाउने चेतावनी दिएकी हुन्। 

मानन्धरले ‘स्क्रिन सट’ सेयर गर्दैं आफूसँग छोरीको तुलना गरेर टिप्पणी गर्नु कस्तो सोचको उपज हो भनेर प्रश्न तेर्साएकी छिन्। कम्तिमा जनावर जत्तिको विवेक राख्न समेत उनले अनुरोध गरेकी छिन्। 

व्यक्ति जे जस्तो छ, ऊ त्यस्तै भएर बाँच्न पाउनु उसको जन्मसिद्ध अधिकार भएको करिश्माले उल्लेख गरेकी छिन्।

‘मेरो छोरीमाथि बारम्बार बडी सेमिङका टिप्पणीहरू गरिन्छ। उसको परिस्थिति के हो, उसले के भोगिरहेकी छर? यी कुरा नबुझी कसरी कसैको शरीर, स्वरूप वा अस्तित्वमाथि प्रश्न उठाउन सकिन्छ?,’उनले लेखेकी छिन्, ‘मसँग उसको तुलना गरेर टिप्पणी गर्नु कस्तो सोचको उपज हो? गल्ती कहाँ भयो रु आफ्नो सन्तानप्रति सचेत हुनु मेरो अपराध हो? आफूप्रति सचेत रहनु मेरो अपराध हो? कि हामी जे जस्तो भौतिक रुपमा छौं, त्यो देखिए बापत मौन भएर लुकेर बाँच्नुपर्ने हो?’

यस्तो गतिविधिले आफू र परिवारलाई मानसिक क्षति पुर्‍याएको भन्दै कानूनी बाटो अपनाउने उनको भनाइ छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad