कला


शनिबार नेपालमा पहिलोपल्ट गुञ्जिँदै चर्चित गीत ‘सुनियान सुनियान’ का गायक मिक्स सिंह जस

शनिबार नेपालमा पहिलोपल्ट गुञ्जिँदै चर्चित गीत ‘सुनियान सुनियान’ का गायक मिक्स सिंह जस

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १४:५५, काठमाडौँ

चर्चित गीत ‘सुनियान सुनियान’ का पञ्जावी गायक मिक्स सिंह जस अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलो पटक गुञ्जिने भएका छन्।  ‘फेक न्यु इयर तथा पञ्जावी पप नाइट विथ मिक्ससिंह जस’कार्यक्रममा उनले प्रस्तुति दिनेछन्। 

यस कार्यक्रमको लागि मिक्ससिंह जस बिहीबार नेपाल आइपुगेका छन्। बिहीबार साँझ पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। जहाँ मिक्ससिंह जसले नेपालमा दर्शक झुमाउन उत्साहित रहेको बताए।

भोली शनिबार साँझ ठमेलस्थित क्लब नोभामा हुने कार्यक्रममा करिब चार घण्टासम्म  दर्शक झुमाउने छन्। त्यहाँ पञ्जाबी भांगडा डान्ससहित १० ओटा प्रस्तुती रहने बताइएको छ।

पञ्जाबी पप नाइटको आयोजना स्किलमाण्डु नेपालले गरेको छ। यो कार्यक्रमका लागी जनरल दर्शकलाई १ हजारको टिकट राखिए पनि भिआइपी २ हजार र ग्रुपका लागि ५ हजार टिकट दर तय गरिएको छ।

गायक मिक्ससिंह जसले नेपाली खाना र पर्यटन प्रवद्र्धनका लागि आफ्नो भम्रण विशेष हुने पत्रकार सम्मेलनमा जानकारी दिए।

उनले भने, ‘आफ्नो सुपरहिट गीत ‘सुनियान सुनियान’मा करिब ३० प्रतिशत नेपाली फ्यानको प्रतिक्रिया आएकाले पनि मलाई नेपाल आउने इच्छा बढाएको थियोम अबको तीन दिन नेपाल बसाईमा पशुपतिनाथ दर्शन, काठमाडौंका पुरातात्विक सम्पदा र सगरमाथा बेस क्याम्प घुम्ने योजना छ। हेरम यहाँको मौसमले साथ दिन्छ कि दिन्न, त्यसले आफ्नो सगरमाथा हेर्ने सपना निर्धारण हुनेछ ।’

यस्तै, आफुले थुप्रै नेपाली गीत पनि सुन्ने गरेकाले नेपाली संगीतप्रति समेत झुकाव बढेको उनले बताए। आफ्नो आगामी गीतको नेपालमा छायांकन गर्ने देखि ट्युनिङ मिलेको खण्डमा नेपाली संगीतकार तथा गायक/गायिकासँग सहकार्यको इच्छा समेत व्यक्त गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad