कला


बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध २ महिला बलात्कार गरेको अर्को अभियोग

बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध २ महिला बलात्कार गरेको अर्को अभियोग

बेलायतका चर्चित हास्य कलाकार तथा अभिनेता रसेल ब्रान्ड


नेपालखबर
पुस ९, २०८२ बुधबार १४:१, काठमाडौँ

बेलायतका चर्चित हास्य कलाकार तथा अभिनेता रसेल ब्रान्डविरुद्ध बलात्कार र यौन दुर्व्यवहारको नयाँ अभियोग लगाइएको छ।

बेलायती प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार उनले दुई महिलालाई बलात्कार र अर्को एकजनालाई यौन दुर्व्यवहार गरेको अभियोग क्राउन अभियोजन सेवा (सीपीएस) ले अनुमोदन गरेको हो। 

रसेल ब्रान्डविरुद्ध यसअघि नै चार महिलासँग सम्बन्धित पाँच अभियोग लगाइएको छ। जसमा दुई बलात्कार, दुई यौन दुर्व्यवहार अभियोग र एक अभद्र आक्रमण छन्। तर उनले सबै आरोप अस्वीकार गरिरहेका छन्। 

बेलायतका चर्चित हास्य कलाकार तथा अभिनेता रसेल ब्रान्ड

ब्रान्डले सन् १९९९ र २००५ को बीचमा मध्य लन्डन र बोर्नमाउथमा त्यस्तो कुकृत्य गरेको अभियोग छ। जुन मुद्दाको सुनुवाइ २०२६ जुन १६ मा साउथवार्क क्राउन अदालतमा सुरु हुने तालिका छ। 

५० वर्षीय ब्रान्ड अहिले लगाइएका दुई नयाँ अभियोगका सम्बन्धमा भने २०२६ जनवरी २० मा वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतमा उपस्थित हुने तालिका रहेको बीबीसीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad