सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’ ले यस वर्षबाट नयाँ विधा ‘मिस कोस्मो’ थपेको छ। भियतनामको हो चि मिन्ह सहरमा भइरहेको ‘मिस कोस्मो’ मा नेपालबाट दीपशिखा नेपालले प्रतिनिधित्व गरेकी छन्।
दुई वर्षअघि सुरु भएको ‘मिस कोस्मो’ को यो दोस्रो संस्करण हो। ‘राइजिङ ड्रयागन’ थिममा आयोजित प्रतियोगिताअन्तर्गत आइतबार ‘बेस्ट कार्निभल’ अर्थात कस्ट्युम प्रतिस्पर्धा आयोजना गरिएको थियो। जुन विधामा नेपाल शीर्ष १५ भित्र पर्न सफल भएको छ। जुन नेपालका लागि ठूलो सफलता रहेको आयोजक द हिडन ट्रेजरले जनाएको छ।
दीपशिखाको पहिरनलाई गोरखाको सम्पदा र विरासतबाट प्रभावित भएर बनाइएको हो। जसलाई फेसन डिजाइनर सोनम सुब्बाले तयार गरेकी हुन्। ‘मिस कोस्मो’ फिनाले भने २० डिसेम्बरमा हुनेछ।
45
Shares

प्रतिक्रिया