कला


सुरक्षा पन्तकी बहिनी रक्षाले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि

सुरक्षा पन्तकी बहिनी रक्षाले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १०:४०, काठमाडौँ

बुटवलकी रक्षा पन्तले ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि जितेकी छन्। उनी अभिनेत्री सुरक्षा पन्तकी बहिनी हुन्।

काठमाडौंको नेपाल पुलिस क्लबमा सम्पन्न विवाहित महिलाहरूको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगियोगितामा २४ जनालाई उछिन्दै पन्तले उपाधि जितेकी हुन्। केडी फोटोग्राफी मस्ट फोटोजेनिक उपाधि विजेता समेत बनेकी उनले शिर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने मिसेस वर्ल्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। 

प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेशनल भइन्। उनले सेन्ट्रल फेशन स्कुल फेशन आइकनको उपाधि पनि पाइन्। 

त्यस्तै, दिपिका तामाङ एमएस नेपाल इन्टरनेशनलको उपाधि विजेता भइन्। मिसेस नेपाल वर्ल्डमै विद्या चौहान फस्ट रनर्स अपका साथमा भ्युवर्स च्वाईस र फेसबुक च्वाइस, एलिना केसी सेकेन्ड रनर्स अपका साथमा क्युट केयर बेस्ट हेयर र निर्मला सुनुवार थर्ड रनर्स अपका साथमा सावित्री कञ्जनजंगा बेस्ट डान्सरको विजेता भए। 

मिसेस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमै हुने एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउनेछन्। 

कार्यक्रममा अभिनेत्री पूजा चन्दलाई झण्डै साढे तीन दशकदेखि नेपाली फिल्म, कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पु¥याए वापत मानार्थ मिसेस नेपाल वर्ल्ड २०२५ बाट सम्मानित गरियो। 

प्रतियोगितामा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस नेपाल वर्ल्ड २०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, फिल्म निर्माता गजित विष्ट र जनरल फिजिसियन डा. कर्ट निर्णायक रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad