कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान)लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ।
बैंकले प्रत्येक वर्ष वसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्ष देखि हरेक वर्ष एक लाखको दरले छात्रवृत्तिस्वरुप एक कोष खडा गरी सो रकम जम्मा गराउँदै आएको छ।
यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्ति पश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउनु रहेको बैंकले जनाएको छ।
सोही परम्परालाई निरन्तरता दिँदै, बैंकले सो कोषमा जम्मा भएको कुल रकम ७ लाख ३८ हजार ८११ रुपैयाँ छात्रवृत्तिस्वरुप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ।
कुमारी बैंकका देशभर ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ्ग इकाइ तथा ३१७ एटीएम छन्।
Shares

प्रतिक्रिया