श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको फेस्टिबलमा नेपालले दुई अवार्ड हात पार्दा स्वस्तिमाले अभिनय तर्फको ‘स्पेसल जुरी अवार्ड–पर्फमेन्स’ हात पारेकी हुन्।
चलचित्र बुलबुलबाट उनी मनोनयनमा परेकी थिइन्। सार्कमा उनको अभिनय उत्कृष्ट ठहर भएको हो।
यसैगरी छोटो चलचित्र ‘टाटिनी’ले विशेष मान्यता पुरस्कार (स्पेशल रिकग्नाइजेशन) अवार्ड हात पारेको छ।
यसपटक नेपाल चलचित्र विकास बोर्डले सार्क फिल्म फेस्टिबलमा ‘प्रसाद’ र ‘बुलबुल’ चलचित्र प्रतिस्पर्धाका लागि पठाएको थियो।


प्रतिक्रिया