कला


‘बलिदान’ का चार पोस्टर सार्वजनिक, ऋचादेखि अटाए सन्तोष सेन पनि

‘बलिदान’ का चार पोस्टर सार्वजनिक, ऋचादेखि अटाए सन्तोष सेन पनि

नेपालखबर
साउन २१, २०८२ बुधबार १६:४२, काठमाडौँ

बहु प्रतीक्षित नेपाली चलचित्र 'बलिदान' ले आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै ४ मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अर्पण थापादेखि ऋचा शर्मा,  हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको अटाएका छन्। यी चारैजनाको पात्रलाई पोस्टरमार्फत दर्शकसामु पहिलो पटक प्रस्तुत गरिएको हो।

टिजर सार्वजनिक हुनु अगावै चलचित्रका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने यी अनुहारहरूलाई पहिलो पटक दर्शकसामु प्रस्तुत गरिएको निर्देशक सन्तोष सेनले बताए। 

फिल्मको फरक र प्रभावशाली भूमिकामा देखिएका कलाकारहरूमध्ये हेमन्त बुढाथोकी सयौँ चलचित्रमा खलनायकको रूपमा आफ्नो गहिरो छवि बनाइसकेका अनुभवी कलाकार हुन्। निर्देशक सेनले हेमन्तको भूमिकाबारे उल्लेख गर्दै भनेका छन्, "जसको उपस्थितिले पर्दामा मात्र होइन, कथाको हड्डी नै काँप्छ।"

त्यस्तै, संवेदनशील र गहिरा भूमिकामा आफूलाई साबित गरिसकेका अभिनेता अर्पण थापालाई निर्देशकले यस्तो पात्रका रूपमा प्रस्तुत गरेका छन्, 'जसको आँखाबाट शब्दहरू बोल्छन् र चरित्रको पीडा, विद्रोह र सत्यता दर्शकले महसुस गर्नेछन्।'

अभिनेत्री ऋचा शर्मा चलचित्रमा एक फरक तरिकाले समाजको प्रतिनिधित्व गर्ने भूमिकामा देखिनेछिन्। निर्देशक सेन आफैँ पनि चलचित्रको एक प्रभावशाली भूमिकामा प्रस्तुत हुनेछन्। 

यसअघि चलचित्रका प्रमुख अभिनेता समीर भट्ट र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ। त्यस्तै, अभिनेता सौगात मल्लको रहस्यमय अवतार प्रस्तुत गर्ने पोस्टर र समीरको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको प्रि–टिजरले पनि व्यापक चर्चा बटुलेको थियो।

'आसुसेन फिल्म्स् प्रा.लि.'को प्रस्तुति रहेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्।

चलचित्रको प्रचार प्रसारलाई नयाँ उचाइमा पुर्‍याउँदै निर्माताले देशभर 'बलिदान ब्यानर' अभियान चलाएका छन्, जसमा देशैभर विशाल ब्यानरहरू राखिएका छन्। 'बलिदान'लाई फरक कथावस्तु, सशक्त प्रस्तुतीकरण र भावनात्मक गहिराइका साथ विदेशी चलचित्रहरूको भीडमा समेत नेपाली सिनेमाको अलग पहिचान बनाउने उद्देश्य लिइएको निर्देशक सेनले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad