ग्लोबल


ट्रम्पको अल्टिमेटम सकिनुअघि पुटिनले भेटे अमेरिकी विशेष दूत

ट्रम्पको अल्टिमेटम सकिनुअघि पुटिनले भेटे अमेरिकी विशेष दूत

नेपालखबर
साउन २१, २०८२ बुधबार १६:११,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफसँग बुधबार क्रेमलिनमा भेट गरेका छन्। 

ट्रम्पले रुसलाई युद्धविरामका लागि तयार हुन शुक्रबारसम्म अल्टिमेटम दिएका छन्। अन्याथा नयाँ प्रतिबन्धहरु लगाउने उनको धम्की छ।

विट्कोफलाई पुटिननिकट रुसी अधिकारी किरिल दिमित्रिएवले विमानस्थलमा स्वागत गरेका थिए। लगत्तै उनी क्रेमलिन पुगेका थिए।

युद्धविरामका लागि अमेरिकाले जोडबल लगाइरहँदा पनि त्यसतर्फ प्रगति हुन सकिरहेको छैन। त्यसकारण ट्रम्पले पुटिनप्रति आक्रोश पोख्न थालिरहेको बेला यो भ्रमण भएको हो।

अर्कोतिर युक्रेनी सहरहरुमा रुसी आक्रमण झनै भीषण भइरहेको छ।

युद्धविरामको प्रयासमा विट्कोफले फेब्रुअरीयता चारपटक पुटिनलाई भेटिसकेका छन्। 

पुटिनले भने अमेरिकी निराशालाई खारेज गरेका छन्। 

‘निराशाको कुरा गर्ने हो भने हरेक निराशा अत्यधिक अपेक्षाका कारण उत्पन्न गर्छ,’ पुटिनले अगस्ट १ मा भनेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad